सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्दै दबाबमूलक अभियान शुरु

राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आज (मंगलबार)देखि राष्ट्रिय प्रजातन्त्र पार्टीले दबाबमूलक अभियान शुरु गरेको छ । फागुन ३० गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने उक्त अभियानमा महँगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्नुपर्नेलगायत माग गरिएको छ…