प्रचण्डपुत्रलाई अमेरिकी भिसा

विना मगरसँग विवाह गरेपछि घर छोड्न बाध्य भएका प्रचण्डपुत्र प्रकाश (साकार) दाहाललाई अमेरिका जानका लागि प्रवेशाज्ञा मिलेको छ । प्रकाश विगत ६ महिनादेखि भारतको राजधानी नयाँदिल्लीमा रहँदै आएका थिए र उनले भीसाका लागि पनि नयाँदिल्लीस्थित अमेरिकी राजदूतावासमै आवेदन दिएको बताइन्छ । प्रकाशलाई भिसा उपलब्ध गराउन एमाओवादी अध्यक्ष प्रचण्डले भनसुन गर्नु परे–नपरेको बुझ्न सकिएको छैन ।…