‘सङ्घीय गणतन्त्र नेपाल’को संविधान दोस्रो वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको छ । लगभग साढे ६ दशकको प्रयत्नपछि संविधानसभामार्फत निर्मित नयाँ संविधान जारी भएयता संविधानकै कारण देशले अनेक हन्डर तथा बाधा–व्यवधान व्यहोरेको छ । राजनीतिक स्थायित्व र विकासको आशा जगाउँदै आएको संविधानकै कारण राजनीतिक गत्यारोधको अवस्था निम्तिएर पुनः निराशा जगाउने माध्यमसमेत झन्डै–झन्डै बन्न पुग्यो…