एमाओवादीले ‘त्यसपछि’नाम दिने

एनेकपा माओवादीले संसद्को गतिरोध अन्त्य भएपछि मात्र मनोनीत गरिनुपर्ने सभासद्हरूको नाम सरकारलाई बुझाउने भएको छ । गत पुस ९ गते भएको चारबुँदे सम्झौता कार्यान्वयनको माग गर्दै एमाओवादी स्वयम्ले संसद् अवरोधमा अगुवाइ गरेको छ । एमाओवादीलाई मधेसकेन्द्रित समूहहरूले पनि साथ दिएका छन् । त्यसैले चारबुँदे सम्झौताको कार्यान्वयन हुने भएमा मात्र अवरुद्ध संसद् बैठक चालू हुनेछ ।…