कोइरालाको काम ‘कार्यवाहक'ले गर्ने काङ्ग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालामा गम्भीर स्वास्थ्य समस्या देखिएपछि काङ्गे्रसभित्र चिन्ता व्याप्त भएको छ । लामो समयदेखि श्वास–प्रश्वाससम्बन्धी समस्या झेलिरहनुभएका कोइरालालाई फोक्सोको क्यान्सर भएको आशङ्का चिकित्सकहरूले गरेका छन् । जिब्रोको क्यान्सरबाट पीडित उहाँले अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालबाट उपचार सेवा लिँदै आउनुभएको छ । राष्ट्रपति डा. रामवरण यादव कोइरालाको स्वास्थ्यस्थितिलाई लिएर…