प्रधानमन्त्री सुशील कोइरालाले प्रोटोकलको ख्यालै नगरी अमेरिकी राष्ट्रपति बाराक ओबामालाई ‘नेपालतिर घुम्न आउन’ पठाएको निम्तोको अहिलेसम्म नेपाल सरकारलाई कुनै जवाफ प्राप्त नभएको बुझिएको छ । प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औँ महासभामा भाग लिन जाँदा ओबामासँग फोटो खिचाउने क्रममा नेपाल घुम्न आउन मौखिक आग्रह गरेका थिए । त्यसैको स्मरण गर्दै उनले गत साता (मंसिर २२…