घाइते खेलाडीलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवम् राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेशकुमार सिलवालले विभिन्न खेलका घाइते खेलाडीहरूलाई कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरेका छन् । सहयोग प्राप्त गर्ने खेलाडीहरूमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन् । बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका…