रोभम्यान पोवेलको शतकप्रेरित वेष्ट इन्डिजले तेस्रो टी-२० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै २०४ रनमा समेटियो । इंग्ल्यान्डका टम ब्यान्टनले सर्वाधिक ७३ रन बनाए । फिलिप साल्टले ५७ रन बनाउँदा अन्य खेलाडीले उल्लेखनीय योगदान गर्न सकेनन् ।…