विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको तीन खेलाडीमा अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीसहित बायर्न म्युनिखका पोलिस खेलाडी रोबर्ट लेवान्डोस्की र लिभरपुलका मोहम्मद सलाह रहेका छन् । त्यस्तै, महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् ।…