‘ओसिए’को साधारणसभामा सहभागी हुन अध्यक्ष र महासचिव मस्कट प्रस्थान

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए) को ३९औँ साधारणसभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गरेका छन् । साधारणसभाका क्रममा आगामी सन् २०३० को एसियाली खेलकुदको आयोजना गर्ने शहर चयनका लागि मतदान हुनेछ । अध्यक्ष र महासचिव श्रेष्ठद्वयले उक्त मतदानमा भाग लिनेछन् । साउदी अरेबियाको रियाद र…