विश्व नम्बर एक अष्ट्रेलियन टेनिस खेलाडी एस्ले बर्टीले सन् २०२० को अमेरिकी ओपन (युएस ओपन) बाट आफ्नो नाम फिर्ता लिएकी छिन् । २४ वर्षीय एस्लेले कोरोना भाइरसको महामारीका कारण अमेरिकी ओपनबाट आफ्नो नाम फिर्ता लिएकी हुन् । उनले यो निर्णय बडो मुस्किलले गरेको बताएकी छिन् । यतिबेला विश्वमै कोरोना भाइरसको महामारी छ, यस्तो अवस्थामा म…