राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले ६ सदस्य मनोनित गरेका छन् । राखेपको उपाध्यक्ष र सदस्यसचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् । मन्त्रालयद्वारा बिहीबार (१५ साउन) जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार खेल विज्ञ, खेलकूद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका…