अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) कोभिड–१९ को माहामारीका कारण टी–२० विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको छ । टी–२० विश्वकप क्रिकेट आउँदो १८ ओक्टुबरदेखि १५ नोभेम्बरसम्म अष्ट्रेलियामा आयोेजना हुँदै थियो । आईसीसीको यो निर्णयलाई आयोजक क्रिकेट अष्ट्रेलियाले स्वागत गरेको छ । क्रिकेट अष्ट्रेलियाका अन्तरिम मुख्य कार्यकारी निक हाक्लेले आइसीसीको फैसलामा सहमति जनाउँदै यो फैसला खेलाडी, पदाधिकारी र…