रकम नपाए कडा कदम चल्ने ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरूको चेतावनी

‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ…