होप भ्याली र रातोबंगलाले प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस इंग्लिस स्कुलको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को साँघुरो अन्तरले पराजित गरेको थियो । होप भ्यालीको जितमा सिजन महतले २२ अंक योगदान गरेका थिए । तेस्रो क्वार्टरको समाप्तिसम्म ३४–४२ ले पछि परेको…