खेलकुद मन्त्रालयबाट सहयोगको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दहालले नेपालमा हुने १२औँ अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)लाई खेलकुद मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको पोर्टल्यान्डमा भएको आईओएफटीसीको बैठकमा सहभागी हुने क्रममा सचिव दाहालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘च्याम्पियनसिपका लागि बजेटको व्यवस्था पनि गरेका छौँ । अन्य कुरामा पनि मन्त्रालयले सक्दो सहयोग…