‘माओवादी ताण्डव’ले पराकाष्टा नाघ्यो-मीनकृष्ण महर्जन (पूर्वकोषाध्यक्ष, राखेप)

नेपाली खेलकुदलाई निकै नजिकबाट नियाल्दै आएका पूर्व राष्ट्रिय कराते खेलाडी तथा राखेपका कोषाध्यक्ष मीनकृष्ण महर्जनले वर्तमान खेलकुदको दयनीय अवस्था र माओवादी हुकुमी शैलीको बारेमा असन्तोष प्रकट गरेका छन् । माओवादीको बोलाइ र गराइमा आकाशपातालको भिन्नताले गर्दा खेलकुदको आबरु चौबाटोमा लिलाम भइरहेको महर्जनले आरोप लगाएका छन् । आफ्नो स्वार्थसिद्ध गर्दै खेलकुद कब्जा गर्ने रणनीति अख्तियार गरेकोमा…