नेपाल कराते महासंघसंग आबद्ध कराते संघहरू यतिबेला विवादमा तानिएका छन् । जापान लगाायत विदेशी मुलुकमा गैरकराते खेलाडी लगेर लाखौं रुपैयाँ कुम्ल्याउँदै मेनपावरको धन्दा सञ्चालन गरेपछि ती संघहरू विवादमा तानिएका हुन् । प्राप्त जानकारीका अनुसार विश्वभरि दिनको दुई–तीन वटा करातेका अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छन् । ती प्रतियोगितामा महिनाको एक–दुईपटक नेपाली खेलाडीले पनि सहभागिता जनाउँदै आएका छन् ।…