सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुँदैन: मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताएका छन् । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए । ‘राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन’ उनले भने,…