प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधानसेनापति पूर्णचन्द्र थापाले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित नं. २ तालिमगणको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना तथा तालिमगणहरुको स्थलगत वस्तुस्थिति, सैन्य आधारतालिमको गतिविधि, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका नेपाली सेनाले जनाएको छ ।