दुईसय वर्ष पुरानो पोखरीको पुनःनिर्माण

बेनी नगरपालिका–१, रत्नेचौरमा रहेको २०० वर्ष पुरानो मानवनिर्मित पोखरीको पुनःनिर्माण भएको छ । बेनी नगरपालिका र भूसंरक्षण कार्यालयको सहयोगमा स्थानीयवासीले ऐतिहासिक तथा पर्यटकीय महत्वको पोखरीको संरक्षण गरेका हुन् । राससका अनुसार तत्कालीन समयमा सिँचाइ, गाईबस्तुलाई खुवाउन र कपडा धुनका लागि पानी संकलन गर्ने उद्देश्यले स्थानीयवासीले पोखरी निर्माण गरेका थिए । पानीको स्रोत संरक्षणसँगै पर्यटकीयस्थलका रुपमा…