लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा

रुकुमको सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ । उक्त आयोजना निर्माणमा करिव रु १० करोड सहयोग उपलब्ध गराएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन गरेका हुन् । तीन वटा हेलिकोप्टरमा कादुरीको परिवार र एउटा हेलिकोप्टरमा डकुमेन्ट्री बनाउने टोली आइपुगेको…