आचरणमा शंका लागेपछि श्रीमतीको हत्या

बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमान्बाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंहपूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो । भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनका दुई छोरा छन् । शेषले दिएको बयानका…