सडक भासिएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध

पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएकोले यातायात अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् । सडक भासिएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।…