क्यालिफोर्नियामा डढेलोका कारण ४० हजार विस्थापित, ५ को मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । बिबिसीका अनुसार डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका जिजु हजुरआमा पनि रहेको खबरहरू छन् । उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् ।…