अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन् । उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ ।…