भीषण वर्षापछि नयाँदिल्लीका अधिकांश भाग डुबानमा, यातायात प्रभावित

भारतको राजधानी नयाँदिल्लीमा दुई दिनदेखि लगातार परेको वर्षाका कारण जताततै पानी जमेको र सवारी यातायात नराम्रोसँग प्रभावित भएको छ । मौसम विज्ञान विभागले आज दिनभर सामान्यदेखि मुसलधारे वर्षा हुने चेतावनी दिएको छ । भारी वर्षाका कारण दिल्ली प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचना जारी गरिरहेको छ । दिल्लीको मौसमबारे जानकारी दिने सफदरजंग अब्जरभेटरीका अनुसार…