उपत्यकाका १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौं, भक्तपुर र ललितपुरमा…