छ लेन सडकमा पाँच वर्षमा ८० जनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए । चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ । चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा…