अदालतको आदेशानुसार ऐन संशोधन माग

एम्नेस्टी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ । अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता दिवसका सन्दर्भमा बुधबार जारी प्रेस विज्ञप्तिमा कार्यकाल सकिन पाँच महिना मात्र बाँकी रहँदासमेत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले सत्यतथ्य पत्ता लगाउन नसकेको उल्लेख छ । त्यसैगरी, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसीजे) ले पनि बलपूर्वक…