ट्राफिकको निशानामा बढी धुवाँ फाल्ने, साढे चारसय सवारी कारबाहीमा

ट्राफिक प्रहरीको निशानामा बढी धुवाँ फाल्ने सवारी पर्न थालेका छन् । प्रहरीले काठमाडौँ उपत्यकामा बढी मात्रामा धुवाँ निकाल्दै हिँड्ने सवारी साधनमाथि कारबाही थालेको हो । प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीमुक्त बनाएको ट्राफिकले उपत्यकाभरि धेरै मात्रामा धुवाँ फ्याँक्दै हिँडेका सवारी साधनलाई कारबाही शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज ३१ गतेदेखि हालसम्म ४५० वटा…