पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका चालक स्थानीय ४८ वर्षीय राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।