पोखरास्थित अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काइयो

पोखरास्थित पृथ्वीचोकमा लखन थापाको शालिक भत्काए लगत्तै पोखरा लेखनाथ महानगरपालिकाले अमरसिंहचोकको आइल्याण्ड पनि डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले पोखराको मुख्य चोकमा रहेका भद्दा र फराकिलो आइल्याण्ड भत्काउने अभियानलाई निरन्तरता दिंदै सोमबार राती अमरसिंहचोकको आइल्याण्ड डोजर लगाएर भत्काएको हो । पर्यटकिय नगरी पोखरामा पछिल्लो समययता सवारीको बढ्दो चाप, सवारी आवागमनमा अबरोध तथा आवश्यक भन्दा बढी…