१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आज बिहान तीन जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो । काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स…