पाँच सय मिटरको विवादले चीन जोडिने सडक निर्माण अलपत्र

- मुक्तिनाथ भुसाल (अर्घाखाँची) राष्ट्रिय महत्व बोकेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक लामो समयदेखि अर्घाखाँचीमा रोकिँदा करोडौँको लगानी मात्र धरापमा नपरी सेवा उपभोग गर्नबाट आमनागरिक वञ्चित समेत हुनुपरेको छ । रूपन्देहीको सालझन्डीदेखि पाल्पाको खुर्साने हुँदै अर्घाखाँचीको सन्धिखर्क सदरमुकाम चुत्राबेंसी बजारमा पुगेपछि स्थानीय विवादका कारण विगत ७ बर्षदेखि सडक निर्माण ठप्प अवस्थामा छ । ढोरपाटन सडकका लागि सदरमुकामभित्रैको गच्छेखोलामा…