राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न सक्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आजदेखि यहाँ शुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राज्य पक्ष वा गैरराज्य पक्षबाट जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग…