पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै बुधबारदेखि पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन शुरु गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा शुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खराललाई उद्धृत गर्दै राससले जनाएको छ…