– मुक्तिनाथ भुसाल विभिन्न शीर्षकमा सेवाका आकर्षकनारा दिएर बैंक खुल्ने क्रम पछिल्ला वर्षमा बढ्दै गर्दा अर्घाखाँची जिल्ला पनि अछुतो रहेको छैन । वर्षाका च्याउसरह उम्रिएका बैंकलाई राष्ट्र बैंकले चार भागमा विभाजन गरेको छ। वाणिज्य बैंकहरू ‘क’ वर्गमा, डेभलपमेन्ट अर्थात विकास बैंक ‘ख’ वर्गमा, फाइनान्स या सहकारीहरू‘ग’ वर्गमा र लघुवित्तीय संस्थाहरू‘घ’ वर्गमा वर्गीकृत गरिएका छन् ।…