डिल्ली राम अम्माई (बेल्जियम) अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियम च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती संस्थागत अधिवेशनसहित कवितावाचन गरी मनाएको छ । समाजका उपाध्यक्ष राजकुमार पुडासैनीको सभापतित्व र महासचिव परमानन्द सापकोटाको सञ्चालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता कवि, लेखक र लोकगायक नरबहादुर विसीले गरेका थिए । वि.सं. १९६६ साल कात्तिक कृष्णऔँसीका दिन काठमाडौं डिल्लीबजारमा जन्मिएका महाकवि देवकोटाका…