दशैँका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना आज बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन् । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुर गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र नन्दराम राना भीमदत्तनगरपालिका–९ मा रहेको ब्रह्मदेव बजारमा नेपालीबाटै लुटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मादक पदार्थमा बेहोस…