उत्तर कोरियाले मंगलबार बिहान परीक्षण गरेको ब्यालेस्टिक क्षेप्यास्त्र जापानको सागरमा खसेको छ । समुन्द्रमा सो क्षेप्यास्त्र खसेपछि सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन सूचना जारी गरेको छ । उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो । साथै मोबाइलमा म्यासेज…