पाँच वर्षपछि रङ्गमञ्चमा भोलाराज

आगामी असारमा थापागाउँस्थित मण्डला नाटकघरमा दुई नाटक मञ्चन हुने भएका छन् । असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’को मञ्चन गर्ने तयारी नाटकघरले गरिरहेको छ । पछिल्लो समय चलचित्रको अभिनयमा व्यस्त अभिनेता भोलाराज सापकोटा पाँच वर्षपछि सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ मार्फत रङ्गमञ्चमा प्रस्तुत हुँदैछन् । ‘चलचित्र र अन्य कामलाई मिलाएर…