ग्रिनल्यान्ड माध्यमिक विद्यालयको आयोजनामा १२औं क्वीक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु भएको छ । धापासीस्थित विद्यालयको कोर्टमा हुने प्रतियोगितामा जुनियर छात्र र सिनियर छात्रमा ४० विद्यालयको सहभागिता रहेको छ । जुनियर छात्रतर्फ २४ विद्यालयको सहभागिता रहेको यस प्रतियोगितामा सहभागी खेलाडीको औषत उचाई ४ फिट १० इन्चभन्दा बढी हुनु नहुने र कक्षा आठसम्ममा अध्ययन गरिरहेको हुनुपर्ने…