पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान अलपत्र

करिब चार वर्षअघि जुम्लामा स्थापना भएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) अहिले अलपत्र अवस्थामा छ । स्थापनाकालदेखि नै यहाँ विषयगत क्षेत्रका वैज्ञानिकको अभाव र काम चलाउ निर्देशकका भरमा प्रतिष्ठानलाई छोडिँदा यो अलपत्र अवस्थामा परेको हो । प्रतिष्ठानका पहिलो निर्देशक मेघराज तिवारी २०७१ सालमा नियुक्त भई छोडेयता निमित्त निर्देशकको भरमा यो प्रतिष्ठान चलिरहेको छ ।…