दूषित टक मासेर शुद्ध चाँदीका टक

कान्तिपुरका राजा प्रताप मल्लका समयदेखि भाष्कर मल्लका समयतक पौने एक सय वर्ष (१६४१–१७१५) सम्म तिब्बतबाट आउने सुन कान्तिपुरका ठकुराईमा प्रशस्त मात्रामा आयो अनि त्यो सुन र ललितपुरका ठकुराईका खानीबाट निस्केका तामाका पातामाथि सुनको मोलम्मा भएर कान्तिपुरका ठकुराईका देवलका छाना र राजारानीहरूका ढलौटे मूर्तिसमेत सुन घसिएर झल्झलाएका थिए । सुनमा आकर्षण शक्ति ज्यादा रहने हुनाले श्री…