दीपक तिमिल्सिना नामक एक सामान्य व्यापारीलाई अघि सारेर केही सत्तासीन तथा नवधनाढ्यहरूले इन्धन व्यापारलाई एकलौटि कब्जामा लिन प्रयास गरेका छन् । कच्चा तेल आयात गरी रिफाइन र बिक्री–वितरणसमेत गर्ने अनुमति हालै मालिका नामक कम्पनीलाई दिइएको छ । दीपक तिमिल्सिनाको नाममा स्थापना गरिएको उक्त कम्पनीको चालू पुँजी पाँच अर्ब रहेको छ र बीस हजार किलोलिटर इन्धन…