कि देशभरका युवालाई बाँच्न देऊ, नत्र १२ जनालाई मर्न देऊ !

घाँटीमा डिग्री हासिल गरेको प्रमाणपत्र, हातमा स्लाइन, भोको पेट, बिस्तरामा परेको दुई साता भयो । चण्डेनी मण्डन–३ काभ्रेका महेश नेपाल बिरामी परेर थला परेका भने होइनन् । अङ्ग्रेजी साहित्यमा डिग्री गरेर कानुनमा स्नातक पढ्दै गरेका उनलाई सामान्य ज्यान पाल्ने जागिर पाउन कुनै समस्या थिएन । तर, आफूसँगै पढेका धेरै साथी दुबई कतार गएको चिन्ताले पिरोलेपछि…