नजिकबाट गौरवशमशेर

लामो सैनिक सेवाको अनुभव, संस्थाप्रतिको समर्पण, साधारण व्यवहार, इमानदार एवम् आप्नो उत्कृष्ट पेसागत ज्ञानको प्रतिफलस्वरूप प्रधानसेनापति महारथी गौरवशमशेर जबरा हाल नेपाली सेनाको सर्वोच्च स्थानमा हुनुहुन्छ । महारथी गौरवको जन्म स्व. उपरथी आदित्यशमशेर जंगबहादुर राणा तथा सुनिता राणाका सुपुत्रको रूपमा ०१२ साल मङ्सिर २७ गते काठमाडौंको बबरमहलमा भएको हो । आफ्नो पिताको पदचिह्न पछ्याउँदै बेलायतको स्यान्डहस्र्टस्थित…