दुई घण्टा पछि सर्‍यो प्रतिनिधिसभाको बैठक

आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ । सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताएका छन् । नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।