नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार-गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार-गोष्ठीमा सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिनुभएको थियो । शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको र नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा-प्रतिष्ठानले…